झापा, १७ असोज । बडा दशैंको पहिलो दिन आज घटस्थापना मनाइँदैछ। यस अवसरमा देवी दुर्गालाई समर्पित विशेष पूजा गरिन्छ। घरघरमा विधिपूर्वक दियो, कलश र गणेशको स्थापना गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, घटस्थापनाका लागि बिहान ९:१६ बजे साइत रहेको छ। देवीलाई जौको जमरा प्रिय भएकाले यस दिन जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्नु पर्ने परम्परा छ।

नवरात्रको पहिलो दिन नित्य कर्मपछि गाईको गोबरले लिपपोत गरिएको स्थानमा जौ रोपिन्छ। यो अङ्कुर दुर्गा देवीको प्रिय वस्तु हो र विजयादशमीको दिन यसैबाट टीका प्रसादको रूपमा पहेँलो जमरा ग्रहण गरिन्छ।

नवदुर्गाका विभिन्न रुपहरूको पूजाराधना क्रमशः गरिन्छ: शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री।

यस अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको भीड लाग्ने गर्दछ, विशेष गरी काठमाडौंको हनुमानढोका दरबारमा।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार