१८ असोज । नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। यस दिन भक्तजनहरूले तपस्या र साधनामा लीन रहनुका साथै शान्ति र आरोग्यको कामना गर्छन्।

ब्रह्मचारिणी देवीको स्वरूप तपस्यामा मग्न र तेजयुक्त भएको बताइन्छ। यिनी कमलको आसनमा बसेकी छन्, दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु लिएर।

नवरात्रको अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने परम्परा छ। यस समयमा भक्तजनहरू जमरा राखेर दशैँघर र शक्तिपीठमा देवीको आराधना गर्दै र आध्यात्मिक उन्नति र समृद्धिको कामना गर्छन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार