जनक राजवंशी । हल्दिबारी, २० असोज । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगितामा आज छैटौ दिनको चौथो क्वाटर फाइनल खेल डि.सि.टि. ब्लु र पठाओ युनाइटेड इलेभेन क्रिकेट टिम बिच भएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको डि।सि।टि। ब्लुले निर्धारित १५ ओभरमा सुनिल खनालको ३५ र साइरस काफ्लेको २३ रनको मदतमा १३४ रनको योगफल खडा गरेको थियो जवाफि ब्याटिङ्गमा उत्रिएको पठाओ युनाइटेड इलेभेनले सवै विकेट गुमाउदै ११० रन मात्र बनाउन सफल भएका थिए र म्याच डि.सि.टि ब्लु ले २३ रनले जित्न सफल भयो । बलिङ्ग तर्फ डि.सि.टि ब्लु का प्रविन पुरीले ४ र सुमन बजगाईले २ विकेट लिएका छन् । ब्याटिङ्गमा ३५ रन र बलिङ्गमा १ विकेटको योगदान दिन सफल भएका डि.सि.टि ब्लु का सुनिल खनाल खेलको मेन अफ दि म्याच घोषित भएका छन् ।

खुल्ला सुपर १५ क्रिकेट प्रतियोगितामा विजेता हुने टिमले नगद रु.५०,०००।– धनराशी साथै मेडल ट्रफी पाउने छन् भने उप विजेता टिमले रु.३०,०००।– धनराशी, मेडल र ट्रफी पाउने छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार