अभिशेक खतिवडा, कमल । झापाको कमल गाउँपालिकामा वडा दशैको अवसर पारेर एकादशी दिन लाग्ने मेला आज समपन्न भएको छ ।

सगुन युवा क्लवको आयोजनामा लाग्ने एक दिवसीय मेला सौन्दर्यपुर्ण वातावरणमा सम्पन्न भएको क्लवले जानकारी दिएको छ । कल्वले मेलामा सहभागी भएका ३ वटा संथाल नृत्यलाई नगद रकम प्रदान गरी सम्मान गरेको छ ।

मेलाको औपचारिक कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष देवेन्द्र आङ्देम्बेले गर्नु भएको थियो भन्ने कार्यक्रमको प्रमुख अतिथिको रुपमा क्लवका संस्थापक अध्यक्ष तथा कमल गाउँपालिका का अध्यक्ष हुकुम सिंह राई रह्नु भएको थियो।

संथाल नृत्यको संरक्षण सम्मान र उत्थानका लागि क्लवले जियोड झर्ना संथाल युवा क्लव , र नावा सागेन युवा संथाल आकडा लाई नगद रु १६ हजार र नेपाल संथाली पुराइनी वाहा लाई ८ हजार प्रदान गरिएको क्लबका सचिव रोशन दाहालले जानकारी दिएका छन।

प्रमुख अतिथि राईले मन्तव्य राख्दै एकादशी मेला लाई सफल बनाउन संथालहरुको बिशेष भुमिका रहेको र ३८ औ बर्ष देखि लगायतार मेला आयोजना गर्ने क्लवलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको छ ।

मेलामा कमल ,दमक , शिवसताक्षी ,गौरदाह ,लगायत बाट सयौं आदिवासी तथा अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो। प्रत्येक बर्ष लाग्ने एकादशी मेलाको औपचारिक कार्यक्रम संचालन एवम सहजीकरण क्लबका सचिव रोशन दाहालले गर्नु भएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार