रिजन तिम्सिना / झापाको कनकाई नगरपालिका अन्तर्गत ७ नम्बर वडामा रहेको फक्ताङलुङ एजुकेशन फाउन्ण्डेशन बिधालयका बिद्यार्थीहरु विद्यार्थि गुणिय चक्र (Student Quality Circle)SQC को २५ औं अन्तराष्ट्रिय ४ दिने सम्मेलनमा सहभागीहुनका लाई भारतको लखनउ प्रस्थान गरेका छन ।
सिटी मन्टेश्वरी स्कूल लखनउमा सञ्चालनहुने ४ दिने समेलनमा फक्तालुङ एजुकेसन फाउन्डेसन बिधालयका बिद्यार्थीहरुले Case study प्रस्तुति , सडक नाटक (नुक्कड) , कोलाज ,पोस्टर एण्ड स्लोगन, हाजिरि जवाफ प्रतियोगिता आदिमा भाग लिने कुरा फक्तालुङ एजुकेसन फाउन्डेसनका प्रधानाध्यापक ओम ब्रिक्रम नेम्वाङले जानकारी दिनु भएको हो। बिधालयको तर्फ बाट ६ जना बिद्यार्थीहरु र २ जना शिक्षक प्रतिनिधिहरु समेलनमा सहभागी हुन लखनउ प्रस्थान गरिसकेको उहाँले जानकारी गराउनु भएको छ ।
१५ देशहरु समेलित सो अन्तर्राष्ट्रिय समेलनमा नेपालभरी बाट ३० वटा बिधालयहरु समेलनमा भाग लिएको मा झापा जिल्ला भरि बाट जम्मा ५ वटा बिधालयहरुले सहभागीता जनाउदै छन ।