स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पहिलोपल्ट ट्राभल हिस्ट्री नभएकामा कोरोना भाइरस संक्रमण

धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन् । धनगढीमा दुबईबाट दिल्ली हुँदै आएका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनकै आफन्त महिलालाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

Advertisement

यसअघि कोरोना भाइरसको संक्रमण भएका सबै केसहरु बाहिरबाट आएका महिला तथा पुरुषहरु थिए ।बाहिरबाट आएको केसलाई पहिलो चरणको संक्रमण मानिन्छ भने उनीहरुले नेपालमा आएर नयाँ बिरामीमा संक्रमण फैलियो भने त्यसलाई दोस्रो चरणको मानिन्छ ।

Advertisement

बाहिर नगएकी महिलालाई पहिलोपटक नेपालमा कोरोना भाइरसको संंक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार कैलालीका दुई र कञ्चनपुरका एकमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article