हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

गणतन्त्र दिवसमा झापाका तीनसहित सात अग्रज पत्रकारलाई प्रदेश सरकारले नगदसहित सम्मान

भद्रपुर, झापा — १५ जेठ। १८ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभरिका सक्रिय पत्रकारहरूमध्ये सात जना अग्रज पत्रकारलाई नगद एक–एक लाख रुपैयाँसहित सम्मान गरेको छ।

Advertisement

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भद्रपुरमा सम्पन्न समारोहमा झापाबाट चिन्तामणि दाहाल, मोहन काजी र विमल लामिछाने सम्मानित भएका हुन्।
उनीहरूसँगै राष्ट्रिय समाचार समिति (रासस) को कोशी प्रदेश प्रमुख सदरूल महोमत, धनकुटाका राजेशबहादुर श्रेष्ठ, सुनसरीकी यसोदा सेने र मोरङका मनोजकुमार दाहाल पनि सम्मानित व्यक्तित्वको सूचीमा परेका छन्।

Advertisement

कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि थिए भनेआन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले अध्यक्षता गरेका थिए। मुख्यमन्त्री कार्कीले सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण सबैको साझा दायित्व भएको उल्लेख गरे। उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प निरङ्कुश शासन हुन सक्दैन। अबको गन्तव्य कमीकमजोरीविहीन, जिम्मेवार र समावेशी लोकतन्त्र हो।”

उनले मत नपाएका दलका उम्मेदवारलाई सहयोग पुर्‍याएर लोकतन्त्रको धज्जी उडाउने प्रवृत्तिलाई गणतन्त्रविरुद्धको हास्यास्पद अभिव्यक्ति बताएका थिए।

कार्यक्रममा प्रदेशभरिबाट निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट ठहरिएका पाँच विद्यार्थी र पाँच लेखकलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

कार्यक्रमले कोशी प्रदेशको लोकतान्त्रिक अभ्यास, प्रेस स्वतन्त्रताको सम्मान र सिर्जनात्मक अभिव्यक्तिप्रतिको सकारात्मक दृष्टिकोण प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)