२०२५ मा आयोजना हुने भनिएको एशिया कप क्रिकेट प्रतियोगिता अन्योलमा परेको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) र केही अन्य सदस्य राष्ट्रहरूले चेतावनी दिएका छन् ।

यदि एसियन क्रिकेट परिषद (ACC) को आगामी बैठक बंगलादेशको राजधानी ढाकामा आयोजना भयो भने  उनीहरू सहभागी हुने छैनन्। उक्त बैठक २०८२ साउन ७ गते अर्थात् जुलाई २४ तारिखमा ढाकामा तय गरिएको छ।

BCCI ले स्पष्ट रुपमा भनेको छ कि ढाकामा आयोजना हुने बैठकमा सहभागी नहुने निर्णय गरिसकेको छ। एक वरिष्ठ स्रोतले  बताएअनुसार, BCCI ले यो निर्णयबारे एसीसी र पाकिस्तान क्रिकेट बोर्ड (PCB) का वर्तमान अध्यक्ष मोहसिन नकवीलाई
औपचारिक रूपमा जानकारी गराइसकेको छ।

BCCI को यो निर्णय पछाडि भारत र बंगलादेशबीच पछिल्लो समय चुलिएको राजनीतिक तनावलाई कारण देखाइएको छ।

भारतसँगै, श्रीलंका, अफगानिस्तान र ओमानका क्रिकेट बोर्डहरूले पनि यदि बैठक ढाकामा नै भयो भने, उनीहरू सहभागी नहुने स्पष्ट बताएका छन्।

एसीसीको नियमअनुसार, कुनै प्रमुख सदस्य राष्ट्र अनुपस्थित हुँदा
बैठकमा लिइएका निर्णयहरू अवैध मानिन्छन्। यही कारणले गर्दा
सेप्टेम्बर २०२५ मा आयोजना हुने भनिएको एशिया कपको भविष्य अन्योलमा परेको छ। यस पटकको प्रतियोगिता भारतले आयोजना गर्ने भनिए पनि, पहिले संयुक्त अरब इमिरेट्स (UAE) वा श्रीलंकामा आयोजना गर्ने तयारी गरिएको थियो।

तर अहिलेको भारत–पाकिस्तान तनाव र ढाकामा बैठक बहिष्कारको कारण एशिया कप २०२५ को आयोजना गर्ने राष्ट्र र स्वरूपप्रति नै ठूला प्रश्न खडा भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार