हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

‘राष्ट्रपतिले जारी गरेको सरकारी अध्यादेश अनिष्टकारी’

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का स्थायी कमिटी सदस्य भीम रावल राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार प्रमाणीकरण गरेको पार्टी विभाजन सम्बन्धी अध्यादेशका विपक्षमा उभिएका छन्।

Advertisement

उनले सामाजिक सञ्जाल ट्विटरमा उक्त अध्यादेशलाई अनिष्टकारी भनेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिङ्गो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषद्मा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो।’

Advertisement

नेता रावलको विचार

‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो।

देशमा राजनीतिक स्थायित्व कायम गरी बाह्य चलखेल बन्द गर्ने ध्येयले राजनीतिक दलहरूकाबीच निकै लामो छलफल र परामर्शपछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दलसम्बन्धी कानुन ल्याइएको थियो।

त्यस्तैगरी, तत्कालीन नेकपा ९एमाले० को निकै ठूलो प्रयासपछि संवैधानिक परिषद्मा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो । यसकाविरुद्ध ल्याइएका यी दुवै अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको छ। यस्ता अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै जारी गरेकी छिन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)