स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रौतहटमा थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या ५४ पुग्यो

भारतबाट आएका रौतहटका दुई युवकमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। संक्रमित एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक छन्। उनी गत चैत २२ गते कलकत्ताबाट आएका थिए। नगरपालिकाका मेयर रामस्नेही राय यादवका अनुसार युवकको जनकपुरमा रहेको पिसिआर मेसिनमा नेगेटिभ आएको र काठमाडौंमा आएको नतिजामा पोजेटिभ देखिएको हो।

Advertisement

अर्का संक्रमित देवाही गोनाही नगरपालिका(१ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए। उनी भने अहिले पनि क्वारेन्टाइनमै रहेको मयेर धर्मेन्द्र प्रसाद पटेलले जानकारी दिए। दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरूलाई वीरगन्जस्थित नायारणी अस्पताल पठाउनेबारे छलफल चलिरहेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article