समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

निर्वाचन आयोगद्वारा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ। आयोगले शुक्रबार निर्णय गर्दै थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक ठहर गरेको हो।

निर्वाचन आयोगका अनुसार पेश गरिएका कागजात, महाधिवेशनसम्बन्धी विवरण र प्रतिनिधिहरूको समर्थनसमेत अध्ययन गरेपछि उक्त निर्णयमा पुगेको हो। आयोगको निर्णयसँगै नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व विवादले नयाँ मोड लिएको छ।

विज्ञापन (Advertisement)Advertisement

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले गगन थापालाई सभापतिमा चयन गरेका थिए। सोही महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू वैधानिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएको थियो।

यस निर्णयप्रति पार्टीभित्रका अन्य समूहबाट असन्तुष्टि जनाइने सम्भावना देखिएको छ। यसअघि देउवा पक्षले विशेष महाधिवेशन र त्यसबाट आएका निर्णयलाई अस्वीकार गर्दै आएको थियो।

निर्वाचन आयोगको पछिल्लो निर्णयपछि कांग्रेसको संगठनात्मक संरचना, चुनावी तयारी र आन्तरिक शक्ति सन्तुलनमा असर पर्ने विश्लेषकहरूको भनाइ छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)