झापा, माघ ६ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापाको पाँचवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी डिल्लीराम प्रसाईका अनुसार जिल्लामा कुल ९० उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। यसमध्ये २१ वटा राजनीतिक दलका ७३ जना र १६ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

क्षेत्रअनुसार उम्मेदवारहरूको विवरण यस प्रकार छ:
झापा–१: १५ उम्मेदवार (२ स्वतन्त्र)
झापा–२: १८ उम्मेदवार (३ स्वतन्त्र)
झापा–३: १७ उम्मेदवार (२ स्वतन्त्र)
झापा–४: १६ उम्मेदवार (१ स्वतन्त्र)
झापा–५: २४ उम्मेदवार (९ स्वतन्त्र)

प्रसाईले भने, “ठूला दलका नेतादेखि स्वतन्त्र उम्मेदवार सम्मको सक्रियताले झापाको चुनावी माहोल रोचक बनाउने देखिएको छ।”

झापामा आगामी निर्वाचनमा मतदाता र उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार