समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

दक्षिण लेबनानमा इजरायली ड्रोन आक्रमण, दुई जनाको मृत्यु


बेरुत । नी दक्षिण लेबनानको साउथ गभर्नोरेटका दुई जिल्लामा बुधबार सवारी साधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै इजरायली ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार एक आक्रमण सिदोन जिल्लामा र अर्को टायर जिल्लामा भएको हो।
नेसनल न्युज एजेन्सीका अनुसार दुवै आक्रमणमा एक–एक जनाको ज्यान गएको छ। लेबनानी सुरक्षा स्रोतहरूले मृतक हिजबुल्लाहका सदस्य मोहम्मद बाकर युसुफ र हुसेन सलामेह रहेको बताएका छन्।
इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सिदोनमा एक हिजबुल्लाह सदस्य र बुर्ज अल–शामालीको दक्षिणी क्षेत्रमा अर्का एक सदस्यलाई लक्षित गरी आक्रमण गरिएको पुष्टि गरेका छन्।
यसैबीच बुधबार नै बहराइनका राजा हमाद बिन इसा अल खलिफाले भ्रमणमा रहेका लेबनानी आन्तरिक मामिला मन्त्री अहमद हज्जारसँग भेटवार्ता गरेका छन्।
सन् २०२४ नोभेम्बर २७ देखि इजरायल र हिजबुल्लाहबीच युद्धविराम लागू भए पनि हिजबुल्लाहबाट खतरा कायम रहेको दाबी गर्दै इजरायलले लेबनानमा बारम्बार आक्रमण गरिरहेको छ।


— सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपाल

विज्ञापन (Advertisement)Advertisement

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)