समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

ओलीसँग सार्वजनिक बहस गर्न बालेनको अस्वीकार, भने– हत्यारासँग एउटै मञ्चमा उभिन्न


काठमाडौं ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक बहसको प्रस्ताव गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले उक्त प्रस्ताव अस्वीकार गरेका छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट ओलीसँग प्रतिस्पर्धामा रहेका बालेनले एउटै मञ्च साझा गर्न नसकिने बताएका हुन्।

ओलीले आइतबार सामाजिक सञ्जालमार्फत चुनावी प्रतिस्पर्धालाई देश बनाउने र बिगार्ने शक्तिबीचको संघर्ष भन्दै दलका एजेन्डा, विगतका काम र भविष्यका योजनामाथि आमनेसामने बहस आवश्यक रहेको बताएका थिए।

विज्ञापन (Advertisement)Advertisement

यसको प्रतिक्रिया दिँदै बालेनले ओलीमाथि गम्भीर आरोप लगाउँदै सार्वजनिक बहस अस्वीकार गरेका हुन्। उनले २३ गते बालबालिकाको हत्या लुकाउन २४ गते आगजनी गरिएको दाबी गर्दै त्यसलाई आतंकवादको संज्ञा दिएका छन्।

बालेनले ७६ जना बालबालिकाको हत्या भएको आरोप लगाउँदै त्यस्तो घटनासँग जोडिएका व्यक्तिसँग एउटै मञ्चमा उभिनु समर्थन सरह हुने बताएका छन्। बालेनको अभिव्यक्तिपछि सार्वजनिक बहसको विषय राजनीतिक वृत्तमा थप चर्किएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)