विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन अन्तर्गत दलित समूहतर्फ नेकपा एमालेका उम्मेदवार सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। उनले अत्यधिक मतभार प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरू मतदाता रहेको निर्वाचनमा सूर्य चिन्हमा प्रदेशसभाका ६८ जना र स्थानीय तहका २०१ जना जनप्रतिनिधिले मतदान गरेका थिए। यस आधारमा पोर्तेलले ७ हजार ४२३ मतभार प्राप्त गरेका छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै पोर्तेलले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएकोमा नेकपा एमालेप्रति आभार व्यक्त गरे। साथै निर्वाचनमा समर्थन गरेकोमा नेपाली कांग्रेसप्रति विशेष धन्यवाद ज्ञापन गरे।

उनले राष्ट्रिय सभामा पुगेर दलित समुदायका मुद्दा तथा समग्र प्रदेशको हितमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार