रामधुनी / धिरेन्द्र कुमार चौधरी l लकडाउन पीडित विपन्न वर्गलाई राहत वितरण गर्न रामधुनी नगरपालिकाले स्थापना गरेको बिपद ब्यबस्थापन कोषमा थारु कल्याणकारी सभा साबिक रामधुनी गाबिस समितिले १२ सय केजी चामल र २ बोला नुन प्रदान गरेको छ ।
उक्त खाद्यान्न सहयोग मंगलवार नगरपालिका कार्यालयमा सभाका पदधिकारीहरुले नगर प्रमुख जयप्रकाश चौधरीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरणको अवसरमा सभाकी सुनसरी जिल्ला कोषाध्यक्ष तारादेवी चौधरीले ५५ हजार ५५५ रुपया मुल्य बराबरको उक्त खाद्यान्न रामधुनी नगरपालिकाको साबिक भादगाउँ सिनवारी, बक्लौरी, सिङगिया, डुम्राहा गाउँ समिति व्दारा संकलित रकमबाट खरिद गरिएको जानकारी दिइन् ।
उक्त अवसरमा उपप्रमुख सबिना चौधरीले संकटको घडिमा विपन्न वर्गलाई राहत पु¥याउनका लागि थारु कल्याणकारी सभाले नगरपालिकाको राहत वितरणको एकव्दार प्रणाली लाई विश्वास गरी सहयोग पु¥याएको कुरा उदाहरणिय भएको बताए । उनले स्थानिय सरकारले निश्पक्ष रुपमा विपन्न परिवारहरु सम्म राहतको खाद्यान्न सदुपयोग गरिने प्रतिबद्धता जनाइन् ।
राहतका लागि सहयोग गर्नेहरुमा सुरेश चौधरी ५ हजार, सतनी देबि चौधरीले ५ हजार, तारादेबी चौधरीले २५०० रुपया सहित ६१ जनाले आर्थिक योगदान गरेका छन् । हस्तान्तरणमा थारु समुदायका अगुवा चन्द्रनारायण चौधरी, संकरलाल चौधरी, नरेश चौधरी, जितेन्द्र चौधरी लगायत सहभागी थिए ।
रामधुनी नगरपालिका बिपद ब्यबस्थापन कोषका संयोजक रबिन ठाकुरका अनुसार अहिले सम्म नगरपालिकाको कोषमा संघ सस्था बाट ४० हजार ९ सय २५ केजि चामल, दाल ९ सय ४० केजी, तेल ३ सय ६० लिटर र नुन समेत सहयोग प्राप्त भएको छ । नगर पालिकाको विभिन्न वडामा पहिलो चरणको राहत बितरण कार्य सम्पन्न गरेको छ । दोश्रो चरनको राहतको बितरन तयारी र्भरहेको नगरपालिकाले जनाएको छ ।