हल्दीबारी गाउँपालिका वडा नं. ३ स्थित चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ९–१२ का विद्यार्थीलाई संगठित गर्दै आज स्टुडेन्ट क्रिएटिभ फोरमको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।
संस्थापक अध्यक्ष अभिषेक खतिवडाको संयोजकत्वमा सम्पन्न कार्यक्रमअनुसार कक्षा ९ र १० बाट दुई–दुई जना प्रतिनिधि रहने गरी १५ सदस्यीय समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।

नवगठित समितिको नेतृत्व यस प्रकार चयन भएको छ:
अध्यक्ष: पुजा रेग्मी
उपाध्यक्ष: अर्जुन बस्नेत
सचिव: स्वेता तिवारी
सह–सचिव: रिजन खत्री
कोषाध्यक्ष: दिपिका कार्की
सदस्य: उद्धव बास्कोटा, शंकर पौडेल, रमेश बास्कोटा, दिया पुरी, मेघना मिश्र, कृति खड्का कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष अभिषेक खतिवडाले फोरमले विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्ने मात्र नभई नेतृत्व विकास, सामाजिक चेतना र विद्यालय–समाजबीचको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। कोरोना महामारीका कारण केही समय संस्थाका नियमित गतिविधि रोकिएका थिए, तर आजको पुनर्गठनमार्फत फोरमले पूर्ण रूपमा सक्रिय हुँदै पुनः सञ्चालनमा आएको छ।
पुनर्गठित फोरमले आगामी दिनमा विद्यार्थीहरूलाई सामाजिक गतिविधिमा सक्रिय बनाउँदै सकारात्मक परिवर्तनको संवाहक बनाउने लक्ष्य राख्दै थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने विश्वास लिएको छ।

















