झापा, १६ माघ । पूर्वी नेपालकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकप को सातौँ संस्करण यही माघ २४ गतेदेखि फागुन ४ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने भएको छ।यस

संस्करणलाई पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको छ, जसले पाँचौँ र छैटौँ संस्करणलाई ऐतिहासिक रूपमा सफल बनाउन नेतृत्वदायी भूमिका खेलेका थिए।
प्रतियोगिताको मुख्य प्रायोजक एग्रो बाई फुड्स प्रालिको एक्स्ट्रिम इनर्जी ड्रिंग्स रहेको छ। यस वर्षको झापा गोल्डकपलाई अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको रूपमा सञ्चालन गरिनेछ।


प्रतियोगितामा झापा ११ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस एफसी, मछिन्द्र एफसी, लालीगुराँस एसोसिएसन नेपाल पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्टिङ क्लब भारत, र एन पेनाङ एफसी मलेसिया को सहभागिता रहने छ।


विजेता टिमले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउनेछन्। मस्ट भ्यालुएवल प्लेयरलाई मोटरसाइकल र उत्कृष्ट गोलकिपर, प्रशिक्षक तथा गोलकर्ता, प्लेयर अफ द म्याचलाई नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता एक करोड ५० लाख रुपैयाँ लागतमा सुरक्षित, अनुशासित र भव्य रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ। आयोजकले उद्योगी, व्यवसायी, पत्रकार र मिडियासँग सहयोगको अपिल गरेका छन्।


पूर्वी नेपालका फुटबलप्रेमी दर्शकहरूका लागि प्रत्यक्ष प्रसारणमार्फत देश–विदेशमा लाखौं दर्शकले खेल अवलोकन गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार