मुस्लिम आयोगको पहलमा देशभरका मुस्लिम बस्तीहरुमा भइरहेको अनुगमन प्रभावकारी बन्दै गएको छ । जिल्ला अनुगमन समितिहरुले केही जिल्लाबाहेक आ–आफ्नो जिल्लामा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्दै अनुुगमनको कामलाई तिव्र पार्दै लगेका छन् ।

             जिल्ला जिल्लाको दैनिक रिपोर्ट लिइरहेका आयोगका अध्यक्ष शमीम मियाँ अन्सारीका अनुसार तीनवटा कोणबाट आयोले यो अनुगमन गर्ने निर्णय गरेको हो । पहिलो, समुदायमा अशिक्षा र रुढिवादिता व्याप्त छ, उनीहरुमा लकडाउनबारे जनचेतना फैलाउनु आवश्यक छ ।    दोस्रो, बिपदको घडीमा राज्यलार्ई सामुदायिक सहयोग हुनुपर्छ, तेस्रो निराधार ढंगले मिडियाबाजी गरेर मुस्लिम समुदायलाई बदनाम गरेर कोरोना सार्ने यही समुदाय हो भन्ने किसिमले जुन प्रचारबाजी भयो त्यसले नेपाली समाजमा कहिल्यै नपुरिने भ्रम सिर्जना गरेको छ ।

त्यो भ्रम आम जनताको दिमागबाट निकाल्नु आवश्यक छ । हो, यिनै तीन कारणले आयोगले देशभर नै अनुगमन गर्ने निर्णय लिएको हो । सर्वपक्षीय अनुगमन समितिहरु निर्माण भई देशभर नै मुस्लिम बस्तीहरुमा अनुगमन हुँदैछ । अध्यक्ष अन्सारीले टेलिफोनमा कुरा गर्दै आयोगबारे अनर्गल प्रचार गर्नेहरु आफैं परास्त भएर जाने भएकोले आयोग त्यतातिर न अल्झी आफ्नो कार्य गर्दैछ । आम नागरिकले आयोगलाई सहयोग गर्दैछ । हामीले गृहमन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर प्रभावकारी रुपमा काम अगाडि बढाएका छौं ।

चैत्र ७ गते गठित अनुुगमन समितिहरुले जिल्ला जिल्लामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर मुस्लिम बस्तीहरुमा गई लकडाउनबारे चेतना फैलाउने कामले मुस्लिम बस्तीहरु लकडाउनमैत्री बन्दै गएको केन्द्रीय अनुगमन समितिका सदस्य रहेका पूर्व राज्यमन्त्री जाकिर हुसैनले बताए । ‘सामुदायिक चासोको विषयमा आयोगको ध्यान गएको छ । यो आयोगको सह्रानीय कार्य हो । सवैले अनुगमन कार्यलाई सहयोग गरौं ।

पवित्र कार्यमा बखेडा नझिकौं ।’ उनले आयोगको यस अनुगमनलाई मस्जिद–मद्रसामाथि छापा मारेको अर्थमा न बुझिदिन अपील गर्दै भने, ‘हामी बिपदको घडीमा राज्यलाई सहयोग गर्दैछौ । सामाजिक सद्भाव खलबलिन न दिन समुदायमा जनचेतना जगाउँदैछौं ।’ अनुगमन समितिका दाङ जिल्ला संयोजक साजिदा सिद्दिकीका अनुसार दाङमा जिल्ला प्रशासन कार्यालयमार्फत् पहिले पनि अनुुगमन भएको हो र प्युठान लगायतका जिल्लाहरुमा थप अनुुगमन गर्ने योजना बनाउने र जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर अनुुगमनको रोडम्याप बनाउने कार्यक्रम रहेको छ । उपत्यका अनुुगमन समितिका अध्यक्ष राज मोहम्मद अन्सारी भन्दछन्, ‘अनुुगमन भन्नाले मस्जिद–मद्रसाको तथ्यांक संकलन होइन ।

हामीले मुस्लिम टोलहरुमा पुुगेर लकडाउनबारे जनचेतना फैलाइरहेका छौं । मस्जिदहरुमा पटक पटक आवतजावत भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण पनि गराइरहेका छौं ।’ तनहुँ र स्याङ्जासमेतको अनुुगमन समितिका संयोजक तथा सांसद कलिला खातुनले तनहुँका केही बस्तीहरुमा अनुुगमन भएको बताइन् । उनले पहाडी जिल्लाहरुमा विदेशबाट फर्केका दाजुुभाइहरुलाई खोजेर क्वारेण्टाइनमा पुर्याउने विषय निकै महत्वपूर्ण रहेको बताइन् । सुुनसरी संयोजक डा. खालिद हुसेनका अनुसार सुनसरीमा प्रशासन र स्थानीय निकायसँग राम्रो समन्वय हुन सकेको हुँदा अनुगमनले समाजलाई आशातित फाइदा भइरहेको छ । हामी पहिलो चरणमा प्रत्येक मुस्लिम बस्ती र मस्जिदहरुमा पुगेर रमजान महिनामा लकडाउनको अबस्थामा अपनाउनुपर्ने साबधानीहरुको बारेमा जनचेतना फैलाइरहेका छौं ।

कुनै मस्जिदमा खासै भीडभाड देखिएको छैन । मानिसहरुले स्थितिको गाम्भीर्यतालाई बुझिरहेका छन् । झापा संयोजक सईदुल शेख भन्दछन्, ‘यस अुनगमनले समाजमा व्याप्त भ्रम चिरिरहेको छ । अनर्गल प्रचारबाजी गर्नेहरु नांगिरहेका छन् । मुस्लिम समुदायको पहिचान कायमै रहने कुरामा हामी ढुुक्क छौं । कोरोना संक्रमणको विषयलाई लिएर हाम्रो समुदायमाथि लागेको लाञ्छना निराधार रहेको प्रष्ट हुन गएको छ । यस अनुुगमनले बिद्यमान रहेका थप कमिकमजोरीहरुलाई मेटाउँदै लगेको छ । झापाका सवै मस्जिद र मुस्लिम बस्तीमा पुुग्न झापा अनुुगमन समितिसँग प्रभावकारी योजना रहेको छ । प्रशासनले पनि हामीलाई सहयोग गरिरहेकोछ ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार