विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारणले काठमाडौमा थुनिएर बसेका ६५ जना नागरिकहरुलाई वैसाख-१८ गते हल्दीबारी गाउँपालिका फर्काइएको छ । उनीहरुलाई गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीको विशेष पहलकदमीमा हल्दीबारीसम्म फर्कने वातावरण वनाइएको हो । उक्त कार्यको समन्वय वडा नम्बर १ का अध्यक्ष त्रिलोचन सापकोटा र गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले गरेका थिए ।

वैसाख-१७ गते काठमाडौबाट हल्दीबारी फर्कने क्रममा काठमाडौंको जडिबुटी चौकमा प्रहरीबाट अवरोध भई दिनभर थुनिएर बसेका निजहरुलाई राति १०:३० बजेसम्म लगाएर उपाध्यक्ष गिरीले घर फर्कनका लागि पहल गरेको काठमाडौबाट घर फर्किएका हल्दीबारी-५ निबासी खेम चम्लागाईले जानकारी दिए ।

फरर्किएका मध्ये धेरै जना जनमजदुरी गर्न, वैदेशिक रोजगारीमा जानका लागि मेडिकल परिक्षण गर्न/विदेश जान तथा लकडाउन घोषणा हुनु अघि विभिन्न कामको सिलसिलामा काठमाडौंमा रहेकाहरु छन् ।

लकडाउनको समयावधि बढेसंगै गाँस, बाँस र कपासको समस्या भएकोले घर फर्कने वातावरण मिलाई दिन पटक पटक काठमाडौंमा रहेका व्यक्ति तथा निजहरुका अभिभावकले गाउँपालिका कार्यालयसंग आग्रह गरे पछि प्रकृया अगाडि बढाइएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले बताए ।

फर्किएका व्यक्तिहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा लगेर स्वास्थ्य परिक्षण गरिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएकोले १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्ने गरि कबुलियतनामा कागज गरेर हिजै घर पठाइएको स्वास्थ्य साखा हल्दीबारीका प्रमुख पुष्कर निरौलाले जानकारी दिए । क्वारेन्टाइनको अवधिभर निजहरुलाई दैनिक रुपमा वडाका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य अवस्थाको अद्यावधिक गर्ने र केही जटिलता देखिएको खण्डमा तुरुन्त क्वारेन्टाइनमा ल्याई राखिने समेत स्वास्थ्य प्रमुख निरौलाले बताए ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार