अभिषेक खतिवडा / हल्दिबारी गाउँपालिका वडा नं–३ स्थित लक्ष्मी माध्यमिक विद्यालयको ५८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस आज विविध शैक्षिक, सांस्कृतिक, खेलकुद तथा सम्मान कार्यक्रमसहित भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राम प्रसाद महतो ले पानसमा दीप प्रज्वलन तथा जगादाता कुपितनारायण केसीको सालिकमा माल्यार्पण गरी गर्नुभएको थियो। उद्घाटनसँगै विद्यालयको स्काउट टोलीले आकर्षक मार्चपास तथा सलामी अर्पण गर्दै अतिथिहरूलाई औपचारिक स्वागत गरेका थिए।
समारोहमा कोशी प्रदेश का सांसद छवि चुडाल, हल्दिबारी गाउँपालिका का अध्यक्ष रविन्द्रप्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मी देवी मैनाली, मन्त्रालय र शिक्षा तालिम केन्द्रका उच्च अधिकारीहरू, गाउँपालिकाका प्रमुख प्रशासक अधिकृत मानबहादुर वन (महेन्द्र) ,वडा जनप्रतिनिधि, विभिन्न सहकारी तथा सामुदायिक संस्थाका प्रमुख, शिक्षाप्रेमी, पूर्व प्राध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघका पदाधिकारी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।
विद्यालयका विद्यार्थीहरूले म्युजिकल पी.टी., विभिन्न समुदायका लोकनृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई जीवन्त बनाएका थिए। विद्यार्थी सुशीला हस्ताको गायन प्रस्तुतिले विशेष आकर्षण थपेको थियो।
वार्षिक उत्सवको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, अक्षयकोषदाता तथा अभिभावकलाई विधागत सम्मान प्रदान गरिएको थियो। उत्कृष्ट शिक्षकका रूपमा किशोर ओली र मुना गौतम सम्मानित भए। पूर्व विद्यार्थी तथा सञ्चारकर्मी देविका अधिकारीलाई पनि विशेष सम्मान गरिएको थियो। राष्ट्रपति रनिङशील प्रतियोगिताबाट छनोट भएका विभिन्न विधाका उत्कृष्ट खेलाडी विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
यसै अवसरमा विद्यालयले वडा नं–३ कार्यालयलाई ४० थान खेलकुद जर्सी उपलब्ध गराएकोमा कार्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो, जसले विद्यालय र स्थानीय तहबीचको सहकार्यलाई थप मजबुत बनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले प्रधानाध्यापक रामप्रसाद घिमिरेद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनको खुलेर प्रशंसा गर्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग र लगानी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। अन्य वक्ताहरू कोशी प्रदेशका सांसद चुडाल , गाउँपालिका अध्यक्ष लिङ्गदेन र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वन हरुले पनि विद्यालयले स्थानीय शिक्षा क्षेत्रमा खेलेको ऐतिहासिक र सकारात्मक भूमिकाको सराहना गर्नु भएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य तथा वार्षिक प्रतिवेदन प्रधानाध्यापक घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक बोधकृष्ण पौडेलले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार