काठमाडौं । कमल गाउँपालिकाका विभिन्न वडामा जेपी फाउण्डेसनले स्थानीय गाउँवासीलाई चौथो चरणसम्मको राहत वितरण गरेको छ ।स्थानीयहरुले राहत नपाए पछि आफ्नो सक्रियतामा रातहत वितरण गरेको फाउण्डेसनका झापा जिल्ला अध्यक्ष बुद्धिराज न्यौपानेले बताए ।

फाउण्डेसनले एक साताअघि कमल गाउँपालिका वडा नं १ सरङपाडा र सोलमारी क्षेत्रका स्थानीय वासिन्दा ४८ घर परिवालाई २५ केजीका दरले चामल वितरण गरेको थियो । उनीहरुलाई १ केजी दाल, १ केजी नुन, १ लिटर तेल वितरण गरिएको थियो । कमल गाउँपालिका वडा नं १ का वडाध्यक्ष केदार कटुवाललाई स्थानीय वासिन्दालाई लक डाउनको बेला खाद्यान्न अभाव नहोस भन्ने उदेश्यले ति राहत सामग्री वितरण गरिएको थियो ।

यस्तै, समाजसेवी तथा जलविद्युत क्षेत्रका व्यवसायी गणेश कार्कीले आफ्नो जन्म दिनको अवसर पारेर कमल गाउँपालिका वडा नं १ र ३ का स्थानीय आयस्तर न्युन नभएका समुदायलाई रातह वितरण गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा आमा टिकादेवी कार्कीको हातबाट ७२ घर परिवारलाई १० केजीका दरले चामल, एक केजीका दरले दाल, नुन, तेल र सावुन वितरण गरेका थिए ।यस्तै फाउण्डेसनले कमल गाउँ पालिकाको वडा नं ५ का कांग्रेस वडा इकाइका सचिव मोहन पौडेल, वडा नं ६ का पार्टी नेता प्रमोद दहाल, वडा नं ७ का पार्टी क्षेत्रिय प्रतिनिधि तथा जिल्ला सदस्य ढलक पन्तमार्फत प्रत्येक वडालाई १५, १५ कार्टुनका दरले रमपम चाउ चाउ वितरण गरेका थिए ।

यस्तै, आमाको मुख हेर्ने दिन कमल १ रतनचौनका वासिन्दालाई कमल जेसिजका अध्यक्ष हेम दाहालले राहत वितरण गरेका छन् ।विहीबार पनि फाउण्डेसनले वुढानिलकण्ठ नगरपालिकाका वासिन्द बटु लामिछानेको ३० कार्टुन चाउचाउ सहयोग सहित आफ्नै प्रयासमा चौथो चरणमा कमल गाउँ पालिकाको वडा नं २, ३ र ५ मा ७० कार्टुन चाउचाउ वितरण गरेको छ । फाउण्डेसनका जिल्ला अध्यक्ष न्यौपानेका अनुसार कांग्रेस कमल गाउँपालिकाका २ नम्वर वडा सभापति महेन्द्र खत्रि, ३ नं वडा सचिव भुवन चम्लागाईं र ५ नं वडाका सभापति डम्वर गुरुङमार्फत चाउचाउ स्थानीय वासिन्दालाई वितरण गर्नका लागि कांग्रेस झापाका ५ नम्वर क्षेत्रीय सदस्य बदी साङपाङ राई, फाउण्डेसनका झापा जिल्ला सचिव महेन्द्र भट्टराई लगायतले राहत सामग्री हस्तान्तरण गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार