समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

भद्रपुर ,झापा। २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । 

विज्ञापन (Advertisement)Advertisement

 निर्वाचन क्षेत्र नं ५ बाट राजस्वका उम्मेदवार बालेन्द्र शाहले १५ हजार १६९ मतसहित अग्रता लिनुभएको छ । नेकपा एमाले का उम्मेदवार केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गर्नुभएको छ ।

 यसैगरी क्षेत्र नं ४ मा शम्भुप्रसाद ढकालले ५ हजार ९९७ मतसहित अग्रता लिनुभएको छ भने उहाँलाई नेकपा एमाले का लालप्रसाद साँवा लिम्बूले १६६६ मतसहित पछ्याउँदै हुनुहुन्छ । 

 यसैगरी क्षेत्र नं ३ मा प्रकाश पाठकले ११ हजार २२९ मतसहित सुरुआती अग्रता लिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं सो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ५ हजार २६४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । 

 क्षेत्र नं २ मा इन्दिरा रानामगरले १० हजार ४४३ मतसहित सुरुआती अग्रता लिनुभएको छ भने नेकपा एमालेका देवराज घिमिरे १७०७ मतसहित प्राप्त गर्नुभएको छ । यस्तै क्षेत्र नं १ मा निशा डाँगीले १० हजार ७२८ मतसहित अग्रता लिनुभएको छ । उहाँलाई श्रम संस्कृति पार्टीका केबल राईले ३ हजार ४४ मतसहित पछ्याउँदै हुनुहुन्छ ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)