समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनको आभार र आगामी प्रतिबद्धता

झापा । झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र लिङ्देनले आफ्नो समर्थन र विश्वासका लागि क्षेत्रका आमाबुबा, दिदीबहिनी र दाजुभाइलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै राजेन्द्र लिङ्देनले यसपटक मतदानमा असमर्थ भएपनि राप्रपामा विश्वास राख्ने सम्पूर्ण मतदाताहरूलाई आभार प्रकट गरे। उनले भने, “अत्यन्तै प्रतिकूल समयमा पनि राप्रपालाई विश्वास गरेर मतदान गर्नुहुने तथा यसपटक मत दिन असमर्थ सबैप्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु।”
लिङ्देनले आफ्नो सन्देशमा प्रमुख कुरा के भने भने, चुनाव जित्नु वा नजित्नु अलग कुरा हो, तर महत्वपूर्ण कुरा भनेको जनताको मन जित्नु हो। उनले थपे, “मैले सधैँ भन्दै आएको छु कि चुनाव जित्नु नजित्नु एक कुरा हो, तर मुख्य कुरा भनेको तपाईँहरुको मन जित्ने कुरा हो। म सधैँ तपाईँहरूको साथमा रहनेछु र यस क्रममा निरन्तर लागिरहनेछु।”
राजेन्द्र लिङ्देनले आफ्नो आगामी योजनाहरूको बारेमा पनि जनतासँग जोड्नका लागि यो सन्देश दिएका हुन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)