साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता “मेरो शहर बिक्रीमा छ “

दुई-चार बिल्डिंग छन
सय-पचास ंझुप्रा छन
झन बिचार गर्ने हो भने
हिसाब बेगरका थुप्रा छन
आउनुस ! आउनुस !!!
यस्तो सुनौलो मौका नआउन सक्छ
मेरो शहर बिक्रीमा छ।
दुई-चार बन्द मिलका चिम्नी छन
एउटा आकाश छुने टाबर छ
दिनमा शुन्य भए पनि
रातमा ठूलो ब्यापार हुन सक्ने
यस शहरमा पावर छ
मलाई पनि बेच्ने रहर त
कहाँ थियो र
दशैको चपेटाले गर्दा मजबूर छु
लिनेले छिटो सम्पर्क राखी हाल्नोस
दाम २-४ पैसा तल(माथी हुन सक्छ
हिङ नभएपनि हिङ बाँधेको कपडा जस्तै
बिकास पर्खदा पर्खदै
निकास भई सकेको
मेरो शहर बिक्रीमा छ।
यातायातका लागि धन्दा मान्नु पर्दैन
अन्त नचलेर यहाँ खाँदिएका
बोके बसहरु रेगुलर चल्दैछन
उध्योगमा भन्ने हो भने
२-४ टेलरिंग हाउस खुल्दैछन
सोमरस, मदिरापानका लागि
टाढा जानु पर्दैन
प्रत्येक चोक चोकमा पसल छँदैछन
सुरुवाल टोपी देखिन छाडे पनि
अरुको संख्या प्रशस्त बडदैछन
तसर्थ, छिटो दाम लगाई हाल्नोस
मलाई धेरै बेर पर्खने फुर्सद छैन
२-४ जोर कपडा किन्न हतार छ
मेरो शहर बिक्रीमा छ।
स्वास्थको झन चिन्तै गर्नु पर्दैन
भूस्याहा कुकुर मार्ने गरेकै छ
नाली हुदा फोहर जम्ने हुनाले
नाली पुर्ने काम जारी छ
डाक्टर नर्स नभएर के हुन्छ र ?
ठूलो बिल्डिङको अस्पताल बनेकै छ
औषधि सेवा उपलब्ध गराउन
५-१०, दबाई पसल खुलेकै छ
सच्चे भन्ने हो भने
यति मिलेको शहर पाउन मुस्किलै छ
ढिलो गर्यो की मौका गयो
उचित दाम लगाउनुस म दिई हाल्छु
मेरो शहर बिक्रीमा छ।
अनियमित भएपनि
पानी, बत्ती, टेलिफोन सब सुबिधा छ
नौका बिह्यरका र्लागि मेची नदी छेउमै छ
मर्दा टाढा लानु नपर्ने
मेचीमा मशानघाट बनेकै छ
बोर्डर भएकाले ब्यापार पनि
कहिले वार कहिले पार छ
पछि दाम बढछ नि बिचार गर्नोस
तसर्थ अहिले किने मालामाल छ समय थोरै छ अबेर भई सक्यो
ठीक दाम भन्नोस लगी हाल्नोस
फेरि यस्तो मौका नआउन सक्छ
मेरो शहर बिक्रीमा छ।
दाम बेसी भनेकै छैन
परल मूल्यमा डिप्रिसिएशन घटाएकै छ
एकै चोटी चुक्ता गर्न नसके
किस्ताबन्दीको ब्यबस्था छँदैछ
बाँकी मोलको तमसुक पनि
बनाउन पर्दैन
तपाईलाई बिश्वास गरेकै छ
मैले किनेर पछुताएको कहाँ हो ररु
२-४ सयको खाँचोले बेच्दै छु !
नबिकेको भए गहुँ….धान नै दिनोस त्यसैसंग साट्न पनि मंजूर छु
ल अब दाम छिनी हाल्नोस
बिक्ने नबिक्ने मलाई एउटै फिक्री छ
मेरो शहर बिक्रीमा छ ।

Advertisement

देवेन्द्रकिशोर ढुंगाना
भद्रपुर, झापा

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article