हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राहत वितरण कार्यक्रममा गोली चल्यो, प्रहरीद्वारा हवाइफायर

फाइल तस्बिर:
काठमाडौं । सिरहामा राहत वितरणका क्रममा विवाद हुँदा प्रहरीले हवाइफायर गर्नुपरेको छ । लकडाउनका कारण दैनिक मजदुरी गरेर जीवनयापन गर्दै आएकाहरु समस्या परेपछि राहत वितरण गर्ने क्रममा विवाद हुँदा प्रहरीले हवाइफायर गरेको हो ।

Advertisement

सोमबार मिर्चैया नगरपालिका– ७ फुलबरियामा राहत वितरण गरिएका बेला राहत पाउनेमा आफूहरुको नाम समावेश नगरेको भन्दै केही स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि भएको भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको जनाएको छ ।

Advertisement

वडा कार्यालयमा पुगेको आक्रोशित भीडलाई तितरबितर पार्न प्रहरीले नौ राउन्ड हवाइफायर र लाठी चार्ज गरेको छ । आक्रोशित समूहले ढुंगामुढा गरेपछि प्रहरीले हवाइफायर गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)