स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

निको भएका दुई जनामा पुनः कोरोना संक्रमण देखियो

निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुनस् संक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो ।

Advertisement

रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट बैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ बैशाखमा संक्रमण पुष्टि भएको थियो ।

Advertisement

नेपालमा ८२ जनामा संक्रमण देखिएकोमा १६ जना उपचारपछि घर फर्किएका थिए । घर फर्किएकामध्ये २ जनामा पुनः संक्रमण देखिएपछि डिस्चार्ज भएका अन्यको पनि परिक्षण भैरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article