यहाँ जन्म र मृत्यु
जीवनको एक बिशेष क्रम छ
यस आदि र अन्तको मझधारमा
परम्पराको नामना रस्साकस्सी छ
त्यसैले मानव जीवन अनमोल छ
तर यसको पनि आफ्नै
बिधि(बिधान छ
आ़ँपको बोटमा आँप फल्छ(अनार
फल्ने गुन्जाइश छैन।भन्नौ,कतै हल्ला र हुल्लडको भरमा
हज्जतले क्षणिक लाभ होला
यसबाट जीवनको
क्षणिक आन शान छ
समस्याको समाधान छैन ।
सत्य असत्य खुटिन्छ छुटिन्छ
ईमानको पहचान पानी गफले होइन
ब्यबहारले ने चिन्हिन्छ
तर कहिले काँही धानको भन्दा भुसको बजारले मूल्य पाउछ
त्यसैले असत्य र झुटको बजारमा
लूट र गुटको मालामाल छ
हाम्रो यहाँ बेहालै(बेहाल छ
नेता र ब्यापारीको मालामाल छ।
कमला भट्टराई
भद्रपुर, झापाचोक
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1