एक महिनामा घर तयार गरिदिने हल्दिवारी गाउँपालिका ५ बस्ने एकल महिला गोरिमाया बिकको आर्थिक अवस्था कमजोर भएको भन्दै सामाजिक संजालमा आएपछि सहयोग गर्नेहरु जुट्न थालेको अभियानका सदस्य संजय योङहाङ लिम्बुले बताएका छ्न ।

आजमात्रै नेपाल काङ्ग्रेस प्रदेश ३ ख झापाका सभापति नवीन बिमलीको आग्रहमा हल्दिवारी ४ का वडा अध्यक्ष होम प्रसाद चुडालले १० धुर जग्गा निशुल्क दिने घोषणा गरेका छ्न । त्यस्तै बिकको घर बनाउन चाहिने जस्तापाता तथा ५० बोरा सिमेन्ट तथा एक बर्ष सम्म चामलको व्यवस्था सभापति आफैले मिलाइदिने वचन बद्द्ता गरेको काङ्ग्रेस सल्लाहकार भुपाल बस्नेतले बताए ।

आर्थिक अवस्था शून्य रहेको र ७१ बर्षको उमेरमा समेत बनिबुतो गरि जिविका आर्जन गर्दै आएकी बिकलाई अभियान बाट एक महिना भित्रमा घर बनाई दिन लागेको र सबैलाई सहयोग गरिदिन समेत अनुरोध गरिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार