समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

झापाको कचनकवलबाट साढे ९ लाखको औषधिसहित इभी कार नियन्त्रणमा

Advertisement

​हल्दिबारी / झापा । दक्षिणी झापाको कचनकवलबाट प्रतिबन्धित भारतीय ब्रान्डका औषधि बोकेको एउटा इभी कारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म घेराबारीको टोलीले आज बिहान १०:५५ बजे कचनकवल गाउँपालिका–३ बगानमा भारतबाट आउँदै गरेको प्रदेश १–०१–००२ च १०१७ नम्बरको इभी कारलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो। प्रहरीले जाँच सुरु गरेपछि गाडीका चालक तथा सम्बन्धित व्यक्ति सवारी र सामान छाडेर फरार भएका छन्।

Advertisement

​कार जाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएका विभिन्न प्रकारका ५ कार्टुन औषधि फेला परेको छ। बरामद गरिएको औषधिको भन्सार मूल्य ९ लाख ६७ हजार ३९० रुपैयाँ र इभी कारको मूल्य २१ लाख ५० हजार रुपैयाँ गरी कुल ३१ लाख १७ हजार ३९० रुपैयाँ बराबरको सामान तथा सवारी साधन नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका निमित्त गणपति तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीका अनुसार बरामद औषधि र कारलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइसकिएको छ।

​यसैगरी मेचीनगर नगरपालिका–७ स्थित जोरसिमल र मेचीनगर–६ स्थित भन्सार ढाट क्षेत्रबाट पनि सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले भन्सार छली ल्याउँदै गरेको किराना सामान, लत्ताकपडा र प्रदेश १–०१–००२ ह ६७९६ नम्बरको सिटी सफारी नियन्त्रणमा लिएको छ। कूल ४ लाख ५५ हजार ७७५ रुपैयाँ बराबरको उक्त सामान र सिटी सफारीलाई पनि आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article