समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी प्रवेक डंगोल झापाको काकडभिट्टाबाट पक्राउ

झापा । जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार रहेका ललितपुरका ४७ वर्षीय प्रवेक डंगोल झापाको सीमावर्ती क्षेत्र काकडभिट्टाबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय काकडभिट्टाको टोलीले उनलाई सोमबार (साउन २६ गते) दिउँसो नियन्त्रणमा लिएको हो।

​जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, ललितपुर महानगरपालिका-१६ बस्ने डंगोलले गत २०८२ फागुन २५ गते रातिको समयमा झापाको मेचीनगर नगरपालिका-१३, चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए।

​भारततर्फ छलेर बसिरहेका डंगोल साउन २६ गते दिउँसो करिब ३:०० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको भन्ने गुप्त सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले मेचीनगर नगरपालिका-६ स्थित काकडभिट्टा बसपार्क क्षेत्रबाट उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ।

​पक्राउ परेका डंगोलमाथि आवश्यक कानूनी कारबाहीका लागि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)