समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

विश्रान्तिघाट परिसरमा वृक्षरोपण, पर्यावरण संरक्षणमा योगदान पुर्‍याउने लक्ष्य

झापा । बिर्तामोड नगरपालिका–८ स्थित भेलागुडी सामुदायिक वन क्षेत्रअन्तर्गत रहेको विश्रान्तिघाट परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। भेलागुडी विश्रान्तिघाट निर्माण समितिको पहलमा बुधबार (भदौ ३) उक्त कार्यक्रम आयोजना गरिएको हो।

Advertisement

​विश्रान्तिघाट परिसरलाई हराभरा, स्वच्छ तथा आकर्षक बनाउँदै पर्यावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले वृक्षरोपण कार्यक्रम आयोजना गरिएको निर्माण समितिले जनाएको छ।

Advertisement

​जिल्ला वन कार्यालयका प्रमुख (DFO) नथुनी गोइबर यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। DFO यादव, बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की, बिर्तामोड खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज बास्तोला र विश्रान्तिघाट निर्माण समितिका अध्यक्ष शमशेरबहादुर विष्टलगायतले संयुक्त रूपमा बिरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

​कार्यक्रममा वन अधिकृत राम भगत यादव, लेखा अधिकृत भरत पौडेल, सब–डिभिजन वन कार्यालयका प्रमुख कुमार कार्की, बगैँचा डिजाइनर प्रवीण राईलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। त्यसैगरी विश्रान्तिघाट निर्माण समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय अग्रज व्यक्तित्व र गाउँवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

​विश्रान्तिघाट निर्माण समितिका सचिव मदनकुमार अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय समुदायको सक्रिय सहभागिताले विश्रान्तिघाट क्षेत्रको वातावरणीय सौन्दर्य अभिवृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article