समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

रसुवा बाढीपीडितका लागि कामक्ष देवी टी प्रालिद्वारा ५१ हजार सहयोग

झापा । रसुवामा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि झापाको हल्दीबारी–२ मा रहेको कामक्ष देवी टी प्रालिले ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

Advertisement

विपद्को यस घडीमा बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले प्रालिका तर्फबाट उक्त रकम सहयोग गरिएको हो। प्रालिका म्यानेजिङ डाइरेक्टर शक्र दाहालका अनुसार मानवीय सेवाको भावनासहित बाढीपीडितको सहयोगका लागि रु. ५१ हजार उपलब्ध गराइएको हो।

Advertisement

दाहालले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको बताउनुभयो। उहाँले विपद्मा परेकालाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन निजी क्षेत्र र समुदायबाट समेत सहयोग निरन्तर हुनुपर्नेमा जोड दिनुभयो।

कामक्ष देवी टी प्रालिको सहयोगले रसुवा बाढीपीडितका लागि सञ्चालन भइरहेको राहत तथा पुनःस्थापना अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article