समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

विनाशकारी बाढी: रसुवामा ९०३ जनाको शव फेला, ४ हजारभन्दा बढी बेपत्ता

झापा , भदौ १५ — रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

Advertisement

​प्राधिकरणका अनुसार बाढीले बगाएका शवहरू विभिन्न जिल्लाहरूमा फेला परेका छन्। जसमध्ये चितवनमा २७२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जना रहेका छन्। फेला परेका केही शवहरू मानव अङ्ग मात्र रहेको र पहिचान हुन नसकेका शवहरूलाई २१ वटा विभिन्न अस्पतालमा राखिएको छ।

Advertisement

​बाढीका कारण हालसम्म २६७ जना घाइते भएकोमा १५६ जना उपचारपछि घर फर्किएका छन्। बाँकी घाइतेहरूको उपचारका लागि प्रभावित क्षेत्रमा ६ वटा विशेष सर्जिकल मेडिकल टोली परिचालन गरिएको छ।

​विपद्का कारण अझै ४ हजार २४७ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेहरूमा रसुवाका ८६५ जना, नुवाकोटका १ हजार ५५८ जना, जलविद्युत् आयोजनाका ९३३ जना र ५९२ जना विदेशी नागरिक रहेका छन्। यस्तै सुरक्षा निकायका ८३ जना (सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) तथा भन्सार र अध्यागमन कार्यालयका कर्मचारीहरू पनि बेपत्ताको सूचीमा छन्।

उद्धार र राहत तीव्र

​खोज तथा उद्धारका लागि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ। हालसम्म नेपाल प्रहरीका ७ हजार ८९४, नेपाली सेनाका ८ हजार ७२२ र सशस्त्र प्रहरी बलका ४ हजार २३ गरी कुल २० हजार ८१९ जना सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएका छन्।

​सेनाको हेलिकप्टरमार्फत ४११ उडान गरी १० हजार ४५१ जनाको उद्धार गरिएको छ, जसमा ३ हजार ३४४ नेपाली र २५२ जना विदेशी नागरिक छन्।

​राहत वितरणतर्फ सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ वटा पालिकाहरूका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

​स्थल तथा हवाई मार्गबाट हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। भदौ १४ गते मात्रै रसुवाका लागि ५ वटा पोर्टेबल जेनेरेटर, औषधि र स्वास्थ्य सामग्री पठाइएको छ भने नुवाकोटमा १६ वटा सवारीसाधन र हेलिकप्टरमार्फत राहत सामग्री परिचालन गरिएको छ।

​प्रभावित क्षेत्रमा इन्धनको मौज्दात पर्याप्त रहेको प्राधिकरणले जनाएको छ। हाल २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article