समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

बाह्रदशीमा रक्तदान, ६० पिन्ट रगत संकलन

झापा । रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएकाहरूको उपचारमा रगतको अभाव हुन नदिन झापाको बाह्रदशीमा आयोजित रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको छ।

Advertisement

​नेकपा (एमाले) बाह्रदशी गाउँ कमिटीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए। बाढी प्रभावित तथा अस्पतालमा उपचाररत घाइतेहरूलाई रगतको सम्भावित shortage हुन नदिन मानवीय सेवाको उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Advertisement

​कार्यक्रममा संविधानसभा सदस्य हरिबहादुर राजवंशी, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका कोषाध्यक्ष ओमप्रकाश गौतम र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाह्रदशीका सभापति सोमनाथ बजगाईं लगायतले शुभकामना व्यक्त गरेका थिए।

​एमाले बाह्रदशी गाउँ कमिटी अध्यक्ष अनिल सापकोटाका अनुसार कार्यक्रम सफल बनाउन रास्वपा बाह्रदशी र बाह्रदशी जेसीजले सहयोग गरेका थिए। बाह्रदशी गाउँपालिका र उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेलको पहलमा स्थल व्यवस्थापनका साथै रक्तदाताहरूका लागि खानेपानी र जुसको प्रबन्ध गरिएको थियो।

​रसुवा बाढीका घाइतेहरूको उपचारमा थप सहजीकरण पुगोस् भन्ने हेतुले आयोजित रक्तदानले मानवीय सेवाप्रतिको सामूहिक दायित्व प्रस्ट पारेको सहभागीहरूले बताएका छन्। आयोजक कमिटीले बाढी प्रभावित तथा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article