झापा । विद्युतीय दुईपाङ्ग्रे सवारी साधनको बजार विस्तार गर्दै आएको एथर नेपालले धरानमा आफ्नो १३ औँ ‘एक्सपिरियन्स सेन्टर’ (शोरुम) सञ्चालनमा ल्याएको छ।

वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउस (भोइथ) अन्तर्गतको एथर नेपालले पूर्वी नेपालका ग्राहकलाई लक्षित गर्दै नयाँ शोरुम विस्तार गरेको हो। धरानमा आयोजित एक समारोहका बीच धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख ऐन्द्रविक्रम बेघा र सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले संयुक्त रूपमा उक्त शोरुमको उद्घाटन गरे।

विद्युतीय सवारीसाधनप्रति ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै प्रिमियम इलेक्ट्रिक स्कुटर र बिक्रीपछिको गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ। नयाँ एक्सपिरियन्स सेन्टरमार्फत ग्राहकहरूले एथरका स्कुटरको अवलोकन, टेस्ट राइडका साथै आवश्यक सम्पूर्ण प्राविधिक सेवा एकै थलोबाट प्राप्त गर्न सक्नेछन्।
पूर्वी नेपालको व्यापारिक केन्द्र धरानमा नयाँ सेन्टर सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा वातावरणमैत्री विद्युतीय सवारीको पहुँच अझ सहज हुने कम्पनीको विश्वास छ।
