समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता: बाढीपहिरोमा सहयोग र ऐक्यबद्धताका लागि आभार

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच शुक्रबार बिहान फोनवार्ता भएको छ। बिहान १० बजे भएको टेलिफोन संवादमा दुई देशका प्रधानमन्त्रीबीच नेपालमा हालै आएको प्राकृतिक विपद्, राहत तथा उद्धार प्रयास र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ।

Advertisement

​संवादका क्रममा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँगको कुराकानी महत्त्वपूर्ण रहेको बताए। उनले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे।

Advertisement

​प्रधानमन्त्री शाहले विपद्को यस घडीमा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले पुर‍्याएको प्रत्यक्ष सहयोगको प्रशंसा गरे। खासगरी अष्ट्रेलिया सरकारले विशेषज्ञसहितको ड्रोन अपरेटर टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा उनले धन्यवाद ज्ञापन गरे।

​यसैगरी, बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकताका साथ तीव्र पारिरहेको जानकारीसमेत प्रधानमन्त्री शाहले समकक्षी अल्बानिजलाई गराएका छन्।

​नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका आगामी कार्यमा पनि अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य रहने बताए।

​वार्ताका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले बाढीपहिरोका कारण नेपालले भोग्नुपरेको क्षति र कठिनाइप्रति गहिरो चासो र चिन्ता व्यक्त गर्दै अष्ट्रेलिया नेपालको दुःखेसोमा सधैँ साथमा रहने प्रतिबद्धता जनाएका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article