हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापाका बासिन्दा श्रवणकुमार पोखरेल झापाकै प्रमुख जिल्ला अधिकारी नियुक्त

झापा । गृह मन्त्रालयले झापा हल्दिबारीका बासिन्दा एवं सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिएको छ। गृह मन्त्रालयले शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयानुसार पोखरेललाई आफ्नै गृहजिल्ला झापाको सीडीओमा पदस्थापन गरिएको हो।

Advertisement

​निजामती सेवामा अनुभवी प्रशासकका रूपमा चिनिएका पोखरेलले आफ्नै गृहजिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्ने अवसर पाएका छन्। झापामा कार्यरत प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भने गृह मन्त्रालयमा तानिएको छ।

Advertisement

​गृह मन्त्रालयले प्रशासनिक कार्यलाई थप चुस्त, सुदृढ र प्रभावकारी बनाउन भन्दै शुक्रबार एकैपटक १४ जना सहसचिव र ९ जना उपसचिव गरी कुल २३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

​मन्त्रालयको निर्णय अनुसार अन्य विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसमेत फेरिएका छन्। जसअनुसार महेन्द्रकुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्रकुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगाबहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

​यस्तै, सहसचिव ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ भने रौतहटका सीडीओ दिनेशसागर भुसाल, गोरखाका तुलसीबहादुर श्रेष्ठ र दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय तानिएको छ।

​यसैगरी उपसचिवहरूतर्फ कुलेश्वर अर्याललाई भोजपुर, नवराज बराललाई जाजरकोट, महेशकुमार गुरुङलाई खोटाङ, बन्दना केसीलाई सल्यान, गणेश गैरेलाई म्याग्दी र बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)