हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भरुवा बन्दुक राखेको अभियोगमा राई पक्राउ

कमला भट्टराई /सुनसरी स्थित धरान–४ देवीगाउ“का २० वर्षिय सूर्य राई लाई घरमा भरुवा बन्दुक राखेको अभियोगको प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय धरानले जनाए अनुसार उनलाई बुधवार पक्राउ गरिएको हो । उनको घरमा बन्दुक भएको सूचना प्रहरीले पाएको आधारमा घर खानतलास गर्दा कोठामा राखिएको भरुवा बन्दुक १ नाल, कटुवा बन्दुक जस्तै देखीने घरेलु नाल १ थान, बन्दुक जस्तै बनाइएको काठको राइफलको नक्कली डमी २ थान फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय दिएको जानकारी अनुसार राईको घर खानतलास गर्दा घरको कोठामा तलासी लुकाई छिपाई राखेको अबस्थामा उक्त हतियार बरामद भएको छ । उनलाई पक्राउ गरी अवैध हातहतियारको मुद्धा दर्ता गरी सुनसरी जिल्ला अदालत बाट अनुसन्धानका लागि म्याद थप गरी हिरासतमा राखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)