झापा, २८ असोज । नेपाली काङ्ग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर ३ मा क्षेत्रीय समिति, प्रदेशसभा समिति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।
केन्द्रीय समितिको कार्यतालिका अनुसार असोज २८ गते आयोजना गरिएको महाधिवेशन तथा विभिन्न चरणका गहन छलफलबाट क्षेत्र, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका हुन्।
निर्वाचन अधिकृत ज्ञानबहादुर चौहानका अनुसार झापा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा नारायण दाहाल, प्रदेश ‘क’ सभापतिमा पूर्णविक्रम भट्टराई र प्रदेश ‘ख’ सभापतिमा भीमप्रसाद ढकाल (हरि) समितिसहित सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

यस्तै, खुल्ला महिलातर्फ इन्दिरा राई, सिर्जना पाण्डे, कृष्णादेवी राजवंशी र सेलेतुन खातुन महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ। खुल्लातर्फ विजय रिजाल, गोपालचन्द्र राजवंशी, भगीरथ पोद्दार, चिन्तामणि खरेल, श्यामप्रसाद सिटौला, जयप्रकाश शर्मा, वेदनिधि भट्टराई, रुद्रमणि दाहाल, निलमकुमार राई र भरत राजवंशी छानिनुभएको छ।
समावेशीतर्फ दलसरी राजवंशी, अजिम मियाँ (असलाम), इन्द्रबहादुर बस्नेत, राजेन्द्र सञ्जेल, सागर खड्का, यदुनन्दन साह तेली, बललाल ताजपुरिया, गुजमान गुरुङ, कालेन्द्रप्रसाद सिंह राजवंशी र रामेश्वर चौधरी सर्वसम्मत हुनुभएको छ।

१८ देखि २८ वर्षसम्मका नवयुवातर्फ आरती सिटौला र पुरन पराजुली तथा ४० वर्षमुनिका युवा कोटामा कमला ढकाल (दवाडी) र प्रज्वल राई महाधिवेशन प्रतिनिधि बन्नुभएको छ। अपाङ्गतातर्फ कुमार सिटौला (देउजा), प्रजातन्त्र सेनानी तथा द्वन्द्वपीडित कोटामा प्रेमविक्रम भट्टराई र प्रवीरकुमार घोष, विज्ञ तथा श्रमिकतर्फ मनकुमार शर्मा र चेतन खतिवडा एवं अन्य पदमा मोहम्मद नसिरुल्लाह मुनोदी र अमृत लिम्बू सर्वसम्मत चयन हुनुभएको हो।
सबै पदमा सर्वसम्मति जुटेपछि मतदान अधिकृत ज्ञानबहादुर चौहानले नवनिर्वाचित नेतृत्व तथा प्रतिनिधिहरूको नामावली घोषणा गर्दै सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। सर्वसम्मत नेतृत्व चयन भएसँगै झापा क्षेत्र नम्बर ३ मा काङ्ग्रेस कार्यकर्ताहरूमाझ उत्साह छाएको छ।
