समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

बिर्तामोडमा बिस्कुट घाँटीमा अड्किँदा तीन वर्षीय बालकको मृत्यु

झापा । झापाको बिर्तामोडमा बिस्कुट खाने क्रममा घाँटीमा अड्किएर एक तीन वर्षीय बालकको दुःखद निधन भएको छ।

​मृत्यु हुने बालक अर्जुनधारा नगरपालिका–९ स्थायी घर भई हाल बिर्तामोड नगरपालिका–९ स्थित मामाघरमा बस्दै आएका मनिष पाठकका तीन वर्षीय छोरा हरिराम पाठक रहेका छन्।

​इलाका प्रहरी कार्यालय अनारमनीले दिएको जानकारीअनुसार बिहीबार दिउँसो करिब ४:४० बजे बिस्कुट खाँदा घाँटीमा अड्किएपछि बालक एकाएक अचेत बनेका थिए। घटनालगत्तै उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पताल पुर्‍याइएको भए पनि साँझ ५:१५ बजे चिकित्सकले जाँच पछि मृत घोषणा गरेका थिए।

​अहिले बालकको शव बिर्तामोड नगर अस्पतालमै राखिएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)