चन्द्रमणि अधिकारी / तनहुँ
भाला, बदुक्, अस्त्र, शस्त्र जति छन् खुंँडा र खुर्पाहरू
हान्ने घातक चालका रसिकता जान्थे ती पूर्खा बरु
टोल्थे खास निशान यत्न बलले भाग्थे नि वैरी सब
यस्तो यो इतिहास हो विजय्स्को नेपालको गौरव2.
सीमा मिच्छ छिमेक दुष्ट ननिको आत्मा गिरेको हद
अर्कोको इतिहास मिच्दछ सके दासत्व बिर्सी सब
लड्नै पर्दछ युद्ध जित्नु छ सधैं बानी परेको कुरा
आफैँ हुन्छ अवश्य नास हठको सुर्क्यो भने पाखुरा
3.
नेता हो उठ बन्चरा र हंसिया गट्टा, गुलेलीसित
साँढे मस्त भयो समात्न अब लौ पार्ने खसी हो उठ
जानै पर्छ अबेर गर्न नहुने हो विश्व(न्यायालय
पूर्खाको इतिहास वाचन गरुन् सम्पूर्ण विद्यालय
4.
नेपाली मनभावना प्रबल भो नेपाल वृहत्तर
बन्नै पर्छ बनोस् बडो सहजमा पश्चिम्, पुर्वोत्तर
गंगासम्म पुगेर राज गरियोस्, होस् यो कथा शाश्वत
गोर्खाली मनकामना भगवती छन् भाव पारङ्गत
5.
लुच्चो झैँ भँडुवा बनेर नकटो काँ लुक्छ नेतृत्व खै
आमावस्त्र छ खोसिने प्रहरमा खै, खै लुक्यो काँ छ खै ?
हान्ने वाण अनेक तीक्ष्ण कटु जो भै मस्त नानावली
यो बेला छ कता लुकेर हरुवा वा त्यो पुग्यो मावली
6.
डाँका दुच्छर छन् छिमेक दुइटै त्यो चीन छुप्दै किन ?
लुट्ने साँध गरी खुँडा सरहको सन्धी गरेकोे किन ?
सीमा मिच्न सघाउने किसिमले सन्धी गरायौ किन ?
सीमास्तम्भ सराउने नियत नै कालो अँगाल्यौ किन ?