हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको गजल : “मातृभूमि”

                         बिना रोका /घोराही , दाङ्ग 

Advertisement

मातृभूमिको रक्षार्थ खुकुरी समाउन उठौ युवा

Advertisement

वीर गोर्खालीको नाम सधै जनाउन उठौ युवा

अमर सिंह र बलभद्रका सन्तान हौ नि हामी
बलिदानी मागे देशले रगत बगाउन उठौ युवा

सीमा मिच्दै पुगे वैरी लिपुलेक र लिम्पिया धुरा
देखाउदै वीरता सीमाका वैरी हटाउन उठौ युवा

हाम्रो जन्मभूमिमाथि धावा बोल्नेहरुलाई सधै
नेपालको माटो टेक्नै नपाउने गराउन उठौ युवा

वीर नेपाली हौं हामी उच्च रहोस् शिर सधै हाम्रो
विश्व सामु नेपालीको शिर यो ठडाउन उठौ युवा।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)