हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रिमियर लिगका ६ खेलाडीमा देखियो कोरोना संक्रमण

काठमाडौं  l प्रिमियर लिगका ६ खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएका खेलाडीहरु सात दिन सेल्फ आइसोलेसनमा बस्ने बताइएको छ । प्रिमियर लिगमा वाटफोर्डका एक खेलाडी, दुई कर्मचारी र बर्नलिका सहायक प्रशिक्षक इयान बोएनलाई कोरोनाको संक्रमण देखिएको हो ।

Advertisement

विश्वव्यापी रुपमा फैलिएको यो कोरोनाभाइरसका कारण रोकिएको प्रिमियर लिग फेरि शुरु गरिने बताइएको छ । यसैक्रममा १९ क्लबका खेलाडी र कर्मचारीसहित ७ सय ४८ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)