हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जनतान्त्रिक मुक्ति मोर्चाब्दारा आन्दोलनको घोषणा

 कमला भट्रराई- भद्रपुर/ पूर्ब सशस्त्र बिद्रोही संगठन जनतान्त्रिक मुक्ति मोर्चाले बुधबार प्रेस नोट मार्फत नोबेल कोरोना भाईरसको कारण सम्पुर्ण बिश्ब नै बैश्बिक महासंकटबाट। गुजरिरहेको र आधुनिक मानब सभ्यता नै त्यसको लपेट र चपेटमा रहेको छ।यस्तो महासंकटको स्थितिमा।

Advertisement

धर्मनिरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीनै तहका सरकार भ्रष्ट्रचार,दूराचार,कमिशनमा लिप्त भएकोमा मोर्चाको गंभीर ध्यानाकर्षण भएको उल्लेख छ ।

Advertisement

मोर्चाका राष्ट्रिय अध्यक्ष डा़ मनोज मुक्ति बिबेकब्दारा हस्ताक्षरित प्रेसनोटमा भनेको छ-“सिहदरबारकै मूल ढोका अगाडि चिनियाँ नागरिकको एउटा सानो झुण्डले बर्दी माथी आक्रमण गर्दा नेपाल र नेपालीको आन शानको प्रतिक मानिने सगरमाथा चिनब्दारा कब्जा गरिनु ,बिना अनुमति सडक निर्माण गर्नु र सगरमाथाको उच्च स्थानमा चिनियाँ मोवाईल कम्पनीको टाबर लगाउनु र हिन्दु मठ मन्दिरहरुमा सुनियोजित तबरले आक्रमण हुनु निन्दनीय हो।” प्रेसनोटमा अगाडी भनिको छ’ गैर कानूनी एवं असम्बैधानिक धर्मान्तरण कार्यहरु खुलेआम हुनु नेपाल र नेपालीको अस्मिता माथी कठोर एवं। निर्मम प्रहार गरेकोमा आपत्ती छ ।’

उक्त प्रेसनोट प्रकाशित गर्दै मोर्चाले नेपाल सरकारको लम्पसारबादी, आत्मसमर्पणबादी , कायरतापूर्ण प्रभुत्बबादी सोच, चरित्र र प्रबृतिका बिरुध्द जेठ २० गतेबाट मोर्चाले चरणबध्द आन्दोलनको घोषणा गरेको छ ।

जस अनुसार आन्दोलनको कार्यक्रम अन्तर्गत आफ्नो घर घरमा, चौक एवं चौरस्तामा नेपालको झण्डा नक्सा प्रदर्शन गर्ने, सामाजिक संजाल एवं पत्रपत्रिका, टेलिभिजनहरुमा नेपाल माथी हस्तक्षेपकारी भूमिका खेल्ने राष्ट्रहरुका बिरुध्द बिरोध कार्यक्रम गर्ने, बि,स,२०६३देखि हालसम्म सरकारमा आसिन ब्यक्तिहरुका पुतला दहन एवं बिदेशी हस्तक्षेपका बिरुध्द प्रतिदिन बिहान ७.३०-८ बजेसम्म शंखघोष कार्यक्रम सार्बजनिक गरिएको छ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)