राष्ट्रको पक्षमा……हे ! युवा बोलन
देशको भक्तिमा …..हे ! युवा जागन
राष्ट्रको निम्तिमा….बन्छ जो सेवक
हुन्छ त्यो राष्ट्रको…..पक्षको रक्षक।।

गर्छ जो राष्ट्रको ….भक्तिले बन्दना
सिर्जना सभ्यता ..फैलिने झन्नझन
देशको साँध नै……शत्रुको हातमा
लालसी दुष्टले….पार्दियो हादसा।।

देशको पीरले…ढुक्ढुकी झन् बढ्यो
भूमि नै हर्दिदा . ताप यो झन् चढ्यो
राष्ट्रको घातमा ……घाउ नै बल्झियो
धारिलो कर्दको ..धारमा अल्झियो ।।

खुम्चिदा खुम्चिदै … च्यापिदा च्यापिदै
हुन्छ की घात लौ …उम्किदा उम्किदै
स्वार्थको आडमा…दुष्टले खान्छ की
दल्दले भासमा….भासिदै जान्छ की।।

बेचिदै देश यो…….दुष्टको हातमा
राष्ट्रघाती घुसी ……..देशको साँधमा
माफिया तन्त्र छन्दु….र्गुणी दुष्ट छन्
राक्षसी मातका….घातका भष्ट छन्।।

वीरका चित्तले…. श्राप पो दिन्छ की
सुस्तरी सुस्तरी…..राष्ट्र नै लिन्छ की
राष्ट्रको निम्तिमा…..हे१ युवा जाग न
सत्यको मार्गमा ……जोसिदै लागन।।

 सरु ज्ञवाली / भैरहवा,नेपाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार