क्वारेन्टिन
हल्दिवारी गाउँपालिका ३ का ३५ बर्षिय युवालाई आज झापा गाउँपालिकाको भारतीय सिमाबाट उद्दार गरि ल्याइएको गाउँपालिका स्वास्थ शाखा प्रमुख पुस्कर निरौलाले हल्दिवारी डटकमलाई बताउनु भएको छ ।
यस अधि २ जनालाई काकरभिट्टाबाट ,एकजनालाई झापाबाट उद्दार गरिएको थियोे भने एकजना महाकाली हुदै बिर्तामोड आईपुगेपछी उ उद्दार गरिएको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक समेत रहेका गाउँपालिका प्रवक्ता सागर पोर्तेलले जानकारी दिएका छ्न ।
उद्दार गरिएका पाँचैजनाको स्वास्थ अवस्था सामान्य रहेको छ भने उनिहरुको कोरोना परिक्षण एक दुई दिन भित्रमा हुने बताईएको छ। हल्दिवारी गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा यस अगाडि भारत लगायत अन्य मुलुक बाट आएका १९ जनालाई राखिएको थियोे भने हाल ६ जना रहेका छ्न ।
भारतमामात्र हाल एक हजार भन्दा बढी हल्दिवारी गाउँपालिकाका नेपाली दाजुभाइ दिदिबहिनी हरु रहेको अनुमान गरिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार