कमला भट्टराई- भद्रपुरर/ प्रहरीले शनिवार राती दश बजे धरान–१३ स्थित एक घरमा छापा मारेर डेरा गरी बसेका तिनजना बाट छुट्टा छुट्टै ३ ग्राम र १५० मिलिग्राम कडा लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।

लागुऔषध सहित उनिहरु लाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान १५ बाँझोगराका ४३ वर्षिय घनश्याम राई, २९ वर्षिय मन्दिप मगर र तेह्रथुम साबिक मेन्छयायेम गाँउपालिका वडा १ घरभई हाल धरान १३ बस्ने २५ वर्षिय श्रीमति समिया लिम्बु रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरी अनुसार उनिहरु डेरगरी बसेको घरमा छापा मारेर कोठाहरु खानतलास गर्दा उक्त परिमाणको लागुऔषध बरामद भएको हो । इलाका प्रहरीले दिएको समाचार अनुसार मंदीप मगरको साथबाट ब्राउन सुगर जस्तो देखिने धुलो १५० मिलिग्राम, मोबाइल १ थान १, घनश्याम राई र समिया लिम्बुको कोठाबाट ब्राउन सुगर जस्तो देखिने ३ ग्राम खैरो धुलो पदाथै बरामद गरिएको छ ।

साथै घनश्याम राई र समियाको कोठामा टेबुल माथि सेतो प्लाष्टिकको झोलामा राखेको निट्रोसुम लेखिएको १५ पत्ता १५० ट्याबलेट तथा ८३ हजार रुपया नगद बरामद गरिएको छ । उनिहरु लाई सुनसरी जिल्ला अदालतमा पेसगरी लागुऔषको मुद्धामा अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार