हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतबाट बुटवल हुँदै  पाँचथर – ताप्लेजुङका ४३ जना झापा आइपुगे

  झापा l  पाँचथर र ताप्लेजुङबाट रोजगारीका शिलशिलामा भारत पुगेका ४३ जना नागरिक आज झापा आइपुगेका छन । प्रदेश ५ का वुटवल सहित विभिन्न नाकाबाट नेपाल छिरेका उनीहरु पाँचथरको फाल्गुनन्द गाँउ पालिकाको समन्वयमा झापा आइपुगेका हुन ।

Advertisement

४३ मध्ये पाँचथरको फाल्गुनन्द गाँउपालिकाका मात्रै ३० र ताप्लेजुङका १३ जना रहेको पाँचथरका प्रमूख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाँइले जानकारी दिनुभयो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय र फाल्गुनन्द गाँउपालिकाले भारतबाट भित्रेका उनीहरुलाई बुद्धशान्ति गाँउपालिकाको क्वारेन्टाइनमा राखेर पिसिआर विधिबाट कोरोना परिक्षण पछि मात्रै जिल्ला लैजान प्रदेश सरकारसँग समन्व गरिएको प्रमुख जिल्ला अधिकारी गुरागाईले बताए ।

प्रजिअ का अनुसार उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आए जिल्ला लगेर होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)