काठमाडौं l विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । कोरोनाको संक्रमणबाट विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सोमबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ६ सय ८८ पुगेको छ भने संक्रमितको संख्या ५४ लाख ९८ हजार ५ सय ७७ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २३ लाख २ हजार ४ जना उपचारपछि निको भएका छन् ।

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ९९ हजार ३ सय जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ लाख ८६ हजार ४ सय ३६ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ४ लाख ५१ हजार ७ सय २ जना निको भइसकेका छन् ।

त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार ७ सय ८५ पुगेको छ भने संक्रमितको संख्या २ लाख २९ हजार ८ सय ५८ पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २८ हजार ७ सय ५२ पुगेको छ भने संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ५२ पुगेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार